नेभिगेशन
सुरक्षा अपडेट

विराटनगरको बालसुधार गृहमा झडप, एक वरिष्ठ हवल्दार घाइते

काठमाडौं । बालसुधार गृहमा प्रहरी र बाल बिज्याइँकर्ताबीच झडप भएको छ। विराटनगरस्थित बालसुधार गृहमा आज दिउँसो भएको झडपमा एक जना प्रहरी वरिष्ठ हवल्दार घाइते भएका छन् ।

मोरङ प्रहरीका अनुसार २४९ जना बालकहरु रहेको बालसुधार गृहमा पुनः झडप हुन नदिन ठुलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ।

बालसुधार गृहमा अहिले मोरङ प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख आफै खटिएका छन् । अहिले बालसुधार गृहको अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्