नेभिगेशन
नेपाल प्रहरी

आफ्नै श्रीमतीको हत्या आरोपमा ५० वर्षीय श्रीमान् महेन्द्र पौडेल पक्राउ

काठमाडौं । आफ्नै ४७ वर्षीया श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । प्रहरीले श्रीमतीको हत्या आरोपमा ५० वर्षीय महेन्द्र पौडेललाई पक्राउ गरेको हो।

नवलपरासी पूर्वस्थोत विनयी त्रिवेणी गाउँपालिका-३ उदयटारी बस्ने ५० वर्षीय महेन्द्रलाई आफ्नै श्रीमती गोमा पौडेलको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ।

प्रहरीका अनुसार घरायसी विषयलाई लिएर महेन्द्रले चक्कु प्रहार गरी गोमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी सर्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका महेन्द्रसँग घटनाबारे थप अनुसन्धान सुरु गरेको नवलपरासी पूर्व प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्