नेभिगेशन
सुरक्षा अपडेट

जंगली जनावर भगाउन खेतमा लगाइएको करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

काठमाडौं । खेतमा लगाएको करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ।

सप्तरीमा कञ्चनरुप नगरपालिका-५ पिपरास्थित ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया श्रीमती विमला देवी सरदारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। 

सप्तरी प्रहरीका अनुसार आफ्नै खेतको काम सकेर घरतर्फ फर्कने क्रममा जंगली जानवरबाट अन्नबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको खेतमा लगाइएको करेन्ट लागेर उनीहरुको  घटनास्थलमै मृत्यु भएको हो ।

घटना शनिबार भएको प्रहरीले जानकारी दिएको छ भने करेन्ट लागेर भएको मृत्यु घटनाबारे सप्तरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्