नेभिगेशन
नेपाल प्रहरी

१५ र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं  १६ वर्षीया बालिकालाई जबरजस्ती करणी(बलात्कार) गरेको आरोपमा प्रहरीले  २ जनालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापाको कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादर तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

त्यसैगरी नुवाकोटमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमाम बिदुर नगरपालिका-३ मैरीटार बस्ने ३५ वर्षीय बाबुराम माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

माझीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सम्बन्धित प्रहरी कार्यालयले म्याद थप गरेर उनीहरुविरुद्ध आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्