नेभिगेशन
सुरक्षा अपडेट

कारागारको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परिन महिला कैदी

काठमाडौं । कारागारको शौचालयमा एक महिला कैदी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

मोरङस्थित विराटनगर  कारागारक महिला सेलको शौचालयभित्र  आज बिहान ४ बजे झुन्डिएको अवस्थामा महिलाको शव फेला परेको कारागार प्रशासनले जानकारी दिएको छ।

मोरङ कारागारका अनुसार मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीय राधा भट्टराई (राधिका) रहेकी छिन् । राधालाई कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैद २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजाय सुनाएको थियो । भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् । 

उनी र एक सन्तानको उद्धार भएको थियो भने एक सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्य ज्यान मुद्दा चलेको थियो । २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्