नेभिगेशन
सुरक्षा अपडेट

डडेल्धुरामा जिप दुर्घटना,४ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । डडेल्धुरामा जिप दुर्घटनामा हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । डडेल्धुरा प्रहरीका अनुसार आज बिहान ९ बजे भएको दुर्घटनामा मृत्यु मृतक र घाइते सबैको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार ठाँटा बजारबाट डडेल्धुरा बजारतर्फ आउँदै गरेको जिप भित्री सडक खण्डको चौडमा दुर्घटना भएको हो। जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार ४ जना मृतक र  सबै घाइते नवदुर्गा गाउँपालिका-५ का स्थायीवासी रहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा १८ वर्षीय सुरेश साउँद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थित, र ७२ वर्षीया कलावती साउद रहेका छन्। चालक ३५ वर्षीय रामबहादुर साउदले चलाएको से।१ ज ७३८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनाका घाइतेहरूमा १८ वर्षीया सुशीला विक, ४ वर्षीय प्रतिक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक रहेका छन्।

घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ जिल्ला प्रहरी कार्यालय  डडेल्धुराले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्