नेभिगेशन
सुरक्षा अपडेट

कैलालीमा नदीमा नुहाउन गएका ४ बालकको डुबेर मृत्यु

धनगढी । नुहाउने क्रममा बेपत्ता भएका ४ जना बालकको शव फेला परेको छ ।

आज  दिउँसो कैलालीको गोदावरी नगरपालिका-९ स्थिति खुटिया नदीमा नुहाउन गएका अन्दाजी १५–१६ वर्षका ४ बालकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीक अनुसार उनीहरूको शव सेती प्रादेशिक अस्पतालमा लगिएको छ। 

ती बालकहरु धनगढीबाट खुटिया नदीमा नुहाउन गएको भन्ने बुझिएको कैलाली प्रहरीले जानकारी दिएको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरिएको  प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्