नेभिगेशन
नेपाल प्रहरी

विद्यालयमै १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

काठमाडौं । विद्यालयमा एक छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।

उदयपुरको बेलका नगरपालिका-२ कन्चनजंगामा रहेको हिमशिखर सामुदायिक बोर्डिङ स्कुलकी १४ वर्षीया एक छात्रालाई विद्यालयमै जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ४७ वर्षीय प्रधानाध्यापक युवराज श्रेष्ठलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ती छात्रालाई श्रेष्ठले भदौ १४ गते बिहान करिब पौने ११  बजे आफ्नै कार्यालय कोठामा जबकि करणी गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते साँझ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लिखित उजुरी दिएकी थिइन्।

उजुरी परेसँगै प्रहरीले प्रधानाध्यापक श्रेष्ठलाई पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाएको उदयपुर प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्