नेभिगेशन
सशस्त्र प्रहरी

फेवातालमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

पोखरा । सशस्त्र प्रहरीले पोखराको फेवातालमा हाम फालेकी एक महिलाको सकुशल उद्धार गरेको छ। 
आज  बिहान ५ बजेतिर एक जना महिला पोखरा महानगरपालिका-६ गौरीघाटस्थित फेवातालमा हाम फालेकी थिइन्।

सशस्त्र प्रहरीका अनुसार मकवानपुर घर भई पोखरा-६ लेकसाइड बस्ने करिब ४५ वषीकी हीरा नेगीलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो।

हीरा  फेवातालमा हाम फाल्दा त्यहाँ रहेको काठको मुढामा अड्किएकी थिइन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएका पाँच जना गोताखोर, पाँच जना विपद व्यवस्थापन र नेपाल प्रहरी सहितको संयुक्त सुरक्षा फौजले उद्धार गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

सकुशल उनलाई उद्धार गरिए पनि हीरालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पठाइएको  र अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्