नेभिगेशन
सुरक्षा अपडेट

संग्रामपुर-बाँके सडकमा भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु

काठमाडौं । भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ।

सर्लाहीको हरिपूर्वा नगरपालिका-५ संग्रामपुरस्थित संग्रामपुर-बाँके सडकखण्डमा बिहीबार साँझ  बिआर ३० एई ८२२८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही स्थानका ६८ वर्षीय गजेन्द्र सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका वृद्ध पैदलयात्री सिंहको  उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा गए राति ८ बजे  मृत्यु भएको हो।

सर्लाही प्रहरीले ठक्कर दिने मोटरसाइकल र सर्लाहीको पर्सा गाउँपालिका-५ का २४ वर्षीय सरवनकुमार साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको  जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्