नेभिगेशन
सुरक्षा अपडेट

तीन जना मृतावस्थामा भेटिए

काठमाडौँ । विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पर्साको पकाहा मैनपुर गाउँपालिका–४ स्थित खेस्राहा–लहावरथकरी जाने बाटो छेउको नहरमा अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा फेला परेका छन्। मृतकको नाम, थर र वतन खुल्न बाँकी छ।

त्यसैगरी महोत्तरी गाउँपालिका–२ बस्ने २८ वर्षीय राजेश कापर शुक्रबार घर नजिकैको पोखरीमा मृतावस्थामा भेटिएका छन्।

यसैबीच, इलामको सूर्योदय नगरपालिका–२ बौद्धधामस्थित झाडीमा सोही नगरपालिका–३ बस्ने तथा पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घर भएका ३३ वर्षीय योगेश नेम्वाङ शनिबार मृतावस्थामा फेला परेका छन्। तीनै घटनाबारे सम्बन्धित प्रहरी कार्यालयले थप आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्