नेभिगेशन
नेपाल प्रहरी

१४ वर्षीया बालिकालाई मेडिकलमै बलात्कार गरेको आरोपमा ४१ वर्षीय सुमित पक्राउ

काठमाडौं । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेडिकलमा काम गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-३ तुरतुरेस्थित  मेडिकलमा कार्यरत सिराहा लहान नगरपालिका-१२ घर भएका ४१ वर्षीय सुमित शाह रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ।

तनहुँ प्रहरीले ती बालिकालाई सोही मेडिकलमा सुमितले बलात्कार गरेको उजुरीको आधारमा प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाईशनिबार पक्राउ गरेको हो ।

पक्राउ परेका सुमितविरुद्ध आज तनहुँ अदालतबाट म्याद थप गरेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्