नेभिगेशन
सुरक्षा अपडेट

धनगढीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

कैलाली । कैलालीको धनगढीमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-७ जेपी चौकमा सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको  रोकिराखेको ट्रकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१२ का १९ वर्षका गणेश कुँवर र १८ वर्षका अनिस सिंह रहेको कैलाली प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा बिहीवार राति नै मृत्यु भएको हो ।

कैलाली प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्