नेभिगेशन
सुरक्षा अपडेट

स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । स्कारपियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-५ हुलाकी सडकखण्डमा गएराति पर्साबाट भेल्हीतर्फ जाँदै गरेको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई गए राति  ठक्कर दिएको  प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक २३ वर्षीय अङ्कित चौधरी र पछाडि सवार २५ वर्षीय रोहित सहनीको मृत्यु भएको छ । चौधरीको उपचारकै क्रममा गए राति करिब ११ बजेर ४५ मिनेटमा जनकपुरस्थित राम जानकी अस्पतालमा र सहनीको राति १० बजेर २० मिनेटमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडिको सिटमा सवार २३ वर्षीय शिवशंकर पण्डितको बायाँ हात र दुवै खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल रिफर गरिएको छ।

घटनापछि स्कारपियो चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले जानकारी दिए। दुर्घटनाग्रस्त स्कारपियो र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकहरूको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्