नेभिगेशन
सुरक्षा अपडेट

बाढी-पहिरोमा हालसम्म ४९ जनाको मृत्यु (विवरणसहित)

काठमाडौं । दुई दिनको निरन्तर वर्षाका कारण आएको बाढी- पहिरोमा परेर मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

सशस्त्र प्रहरीका अनुसार, देशभरमा बाढी-पहिरोमा परेर मृत्यु हुनेको संख्या ४९ पुगेको हो भने यो विवरण आज दिउँसो साढे १ बजेसम्म संकलन गरिएको हो ।

मृतकमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा धेरै छ । इलाममै ३७ जनाको मृत्यु भएको छ  । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै, रौतहटमा ३ जनाको बाढीमा परेर मृत्यु भएको छ । सशस्त्र  प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्