नेभिगेशन
नेपाल प्रहरी

१६ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय दुई युवक पक्राउ

काठमाडौं । १६ वर्षीया दुई बालिकालाई जबरजस्ती करणीको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। उदयपुर प्रहरीले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा  चौदण्डीगढी नगरपालिका-२ चारघरे बस्ने १९ वर्षीय संजय सदालाई पक्राउ गरेको हो । 

उदयपुर प्रहरीका अनुसार संजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

यसैगरी उदयपुरमै १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कटारी नगरपालिका-९ लिम्पाटार बस्ने १९ वर्षीय भोजराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । भोजराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीले छुट्टाछुट्टै जबरजस्ती करणी घटनामा थप आबश्यक अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्