नेभिगेशन
नेपाल प्रहरी

आन्दोलनमा लुटिएको राइफल बरामद

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटिएको राइफल प्रहरीले फेला पारेको छ।

झापाको दमक नगरपालिका-५ धनेश्वर मन्दिर नजिक आज बिहान बेवारिसे अवस्थामा राखिएको एक थान थ्री नट थ्री ( ३०३ ) मार्क राइफल फेला परेको प्रहरीले जानकारी दिएको छ।

झापा प्रहरीका अनुसार स्थानीयहरुले मन्दिरको पूर्वपट्टी रहेको गेट नजिक बन्दुक देखिएको जानकारी दिए लगत्तै  इलाका प्रहरी कार्यालय दमकबाट गएको  प्रहरी टोलीले एक थान ३०३ राइफल फेला पारेको थियो।

प्रहरीले उक्त हतियार जाँच गर्दा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इप्रका दमकबाट लुटिएको ३०३ मार्क–३ राइफल भएको पुष्टि गरेको छ। म्यागजिनसहित बरामद गरिएको उक्त हतियारलाई प्रहरीले फिर्ता लिएर इप्रका दमकमा सुरक्षित राखेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्