नेभिगेशन
सुरक्षा अपडेट

मलामी बोकेको ट्याक्टर दुर्घटना,३ जनाको मृत्यु,१२ घाइते

काठमाडौं ।  कैलालीमा मलामी बोकेको ट्रयाक्टर दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । 

दुर्घटनामा परि बर्दगोदरिया गाउँपालिका-४ का ६४ बर्षीय दानबहादुर राउद, ३७ बर्षीय हर्कबहादुर साउद र १६ बर्षीय सितल साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिएका छन् । 

१२ जना घाइतेको उपचार जारी रहेको कैलाली  प्रहरीले जानकारी दिएको छ । 

बर्दगोदरिया गाउँपालिका -४ का स्थानीय एक जना साउद थरका ब्यक्तिको मृत्यु भएको हुँदा उनीहरु अन्तिम संस्कारका लागि खोला तर्फ जाँदै गर्दा आज दिउँसो १ बजेतिर भएको ट्रयाक्टर दुर्घटनामा परेको थियो । 

बर्दगोदरिया गाउँपालिकाबाट  चिसापानी तर्फ जाँदै गरेको सु.प.०१००२ त ४९९१नम्बरको ट्रयाक्टर लम्कीचुहा नगरपालिका -३ अन्तरगत पर्ने धोवनी खोलामा आज दिउँसो १ बजेतिर दुर्घटनामा परेको कैलाली प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्