नेभिगेशन
नेपाल प्रहरी

सामान्य विवादमा अनिलको चक्कु प्रहारबाट हत्या, किशोर प्रहरीको नियन्त्रणमा

काठमाडौं । सामान्य विवादमा चक्कु प्रहारबाट एक युवकको हत्या घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-५ बस्ने ४५ वर्षीय अनिल पराजुलीको हत्या घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगरपालिका-१८ सराङकोट घर भई हाल पोखरा  महानगरपालिका-५ मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पोखरा महानगरपालिका-५ चिल्डेल पार्क नजिकै अनिल आज बिहान अचेत अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा किशोर तिमिल्सिना र अनिल बिच सामान्य विवाद हुँदा चक्कु प्रहार भएको भन्ने खुल्न आए पश्चात तिमिल्सिनालाई घटनामा प्रयोग भएको १ थान चक्कु सहित प्रहरीले पक्राउ गरेको हो । 

ह्त्या घटनाम  कास्की प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्