नेभिगेशन
सुरक्षा अपडेट

सवारी दुर्घटनामा ५ जनाको मृत्यु,५ घाइतेको उपचार जारी

काठमाडौं । सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दुई जिल्लामा भएको दुर्घटनामा रुपन्देही र झापामा ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार रुपन्देहीमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। रुपन्देहीस्थित कन्चन गाउँपालिका-५ फायरलाइनमा बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको इभी गाडी दुर्घटना हुँदा गाडीमा सवार सैनामैना नगरपालिका-८ का ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेमबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा ४ चार घाइतेको उपचार जारी रहेको बताइएको छ।

त्यसैगरी रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका-४ डिंगानगर सडकमा लु४२ प ३५४१ नम्बरको मोटरसाइकलको ठक्करबाट कपिलवस्तुक बुद्धभूमि नगरपालिका-३ घर भएका ३५ वर्षीय सूर्यप्रसाद अधिकारीको मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ। 

यसैगरी झापामा भएको दुर्घटना एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । झापा प्रहरीका अनुसार  दमक नगरपालिका-२ पाङ्गिनी चोक सडकमा बा२ ख १९८३ नम्बरको बस गए राति दुर्घटना हुँदा  मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको हो। 

सम्बन्धित जिल्लाका प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान अगाडि बढाइएको बताइएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्