नेभिगेशन
सुरक्षा अपडेट

बैतडी जीप दुर्घटनामा एक जनाको मृत्यु, ४ जना घाइते

धनगढी  । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन।

जिल्लाको शिवनाथबाट मेलालीतर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको जीप गए राति मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छन् भने चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेरअघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताएका छन्।

अन्य घाइतेहरूलाई भने थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्