नेभिगेशन
नेपाल प्रहरी

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणीको आरोपमा ३१ वर्षीय युवक पक्राउ

काठमाडौं । किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

तेह्रथुमको फेदाम गाउँपालिका-३ का ३१ वर्षीय प्रविन तामाङलाई १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

तेह्रथुम प्रहरीका अनुसार प्रविनले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

करणीको आरोपमा पक्राउ परेका प्रविनलाई म्याद थप गरेर घटनाबारे थप अनुसन्धान जारी रहेको तेह्रथुम प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्