नेभिगेशन
सुरक्षा अपडेट

धनगढी जाँदै गरेको बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

काठमाडौं । बसले अटो रिक्सालाई ठक्कर दिँदा धनुषामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकै परिवारका तीनसहित ४ जनाको मृत्यु भएको हो। बसको ठक्करबाट दुई बालबालिका घाइते भएको प्रहरीले जानकारी दिएको छ।

धनुषा प्रहरीका अनुसार विराटनगरबाट धनगढी जाँदै  गरेको सु प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका- १ वीरेन्द्र बजारमा ठक्कर दिएको थियो।

बसको ठक्करबाट मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका -१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र  ४० वर्षीय अटोरिक्सा चालक डम्बर राई रहेको धनुषा प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका १४ वर्षीया शीतल मगर र ९ वर्षीय रोशन मगर जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले रिक्सालाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्