नेभिगेशन
सशस्त्र प्रहरी

पहिरोमा अलपत्र परेका २० विदेशी पर्यटकसहित ३५ जनाको सकुशल उद्धार

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–३ स्थित तातोपानीमा अलपत्र परेका ३५  जना पर्यटकहरुको  नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए ।

अलपत्र परेको जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरुको उद्धार गरी माछीखोलातर्फ पठाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्