नेभिगेशन
सुरक्षा अपडेट

अर्घाखाँचीमा तीन जना सवार मोटरसाइकल दुर्घटना,दुईको घटनास्थलमै मृत्यु,एकको अवस्था गम्भीर

काठमाडौं । मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।अर्घाखाँचीमा गए राति तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थललमै ज्यान गएको र  एक जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ४ निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवस जिसीका अनुसार मोटरसाइकलको पछाडि सवार २५ वर्षीय सन्तोष घर्तीको थप उपचारका लागि पाल्पा रेफर गरिएको छ ।

जिल्लाको पाणीनी गाउँपालिका वडा नं ३ दुर्गाफाँटमा उनीहरू सवार ना३६प ३५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्