नेभिगेशन
नेपाल प्रहरी

टाउकोमा चिर्पट लागेर खुसीमानको मृत्यु, खिमबहादुर पक्राउ

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार कुटपिटबाट ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो।

कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको तनहुँ प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्