नेभिगेशन
सुरक्षा अपडेट

नेपालगन्जको चौलिका नजिक ट्यांकरको ठक्करबाट १४ वर्षीय बालकको घटनास्थलमै मृत्यु

नेपालगन्ज ।  बाँकेको नेपाल्गन्ज बजार नजिक ट्यांकरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु भएको छ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार आइतबार साँझ  भन्सारतर्फबाट नेपालगन्ज आउँदै गरेको ना ५ ख ६५९ नम्बरको ट्यांकरले  ठक्कर दिँदा नेपालगन्ज -२२ का १४ वर्षीय बालक कमलेश पासीको घटनास्थलमै मृत्यु भएको हो।

तिब्र गतिमा आएको उक्त ट्यांकरले साइकलमा रुपइडिहाबाट घरतर्फ आउँदै गरेका कमलेशलाई नेपालगन्ज-१६ चौलिका चोक नजिक ठक्कर दिएको डीएसपी पातलीले जानकारी दिएका छन् । कमलेश नेपालगन्ज-२२ स्थित श्री आधारभुत विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिए।

ठक्कर दिने ट्यांकर र चालक सुरेश गिरीलाई पक्राउ गरि हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको डीएसपी पातलीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्