नेभिगेशन
सुरक्षा अपडेट

पाँच जिल्लाका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा भेटिए

काठमाडौँ । देशका विभिन्न ५  जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बाँकेको नेपालगञ्ज  उपमहानगरपालिका-१०  महेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणभित्र पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी प्रहरीले दिएको जानकारी अनुसार कालिकोटको नरहरीनाथ गाउँपालिका-९ लालुबन बस्ने २४ वर्षीया बिमला शाही आज आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।

गुल्मीको गुल्मीदरबार गाउँपालिका-१ बोटे गाउँ बस्ने ५० वर्षीया दिलकुमारी बोटे सोही ठाउँस्थित बोक्सिरह भन्ने स्थानमा आइतबार मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै रौतहटको गौर नगरपालिका-५ बरहवा पुलस्थित बरहवा खोलामा चन्द्रपुर नगरपालिका-६ बस्ने २० वर्षीय सुनिल कुमार कहार आज मृत अवस्थामा फेला परेका छन्। रौतहटकै चन्द्रपुर नगरपालिका-१ मंगलपुरस्थित बागमती नदी किनारमा महोत्तरी गौशाला नगरपालिका-८ बेलगाछी बस्ने ५५ वर्षीया निम माया कार्की आइतबार मृत अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी भक्तपुरको सुर्यविनायक नगरपालिका-६ स्थित गणेश मन्दिर नजिकै एक जना पुरुष मृत भेटिएका छन्। ५२ वर्षीय सोमबहादुर मुसिख्वाल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सम्बन्धि घटनामा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयले थप अनुसन्धान अगाडि बढाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्