नेभिगेशन
सशस्त्र प्रहरी

हिमालको काखमुनी सशस्त्र प्रहरीको स्वास्थ्य शिविर

काठमाडौं । सशस्त्र प्रहरी हिमालको काखमुनी स्वास्थ्य शिविर सम्पन्न गरेको छ। मनाङको ङिस्याङ गाउँपालिकास्थित हुम्डे मनाङ स्वास्थ्य चौकीमा  एक दिने स्वास्थ्य शिविर कार्यक्रम संचालन सम्पन्न गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।उक्त स्वास्थ्य चौकी हिमालको काखमुनी अवस्थित छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयक अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय मातहत मुक्तिनाथ फिल्ड अस्पताल र सोही गाउँपालिकाको सहकार्यमा संचालन गरिएको उक्त स्वास्थ्य शिविरमा अस्पतालका चिकित्सकहरुद्धारा करीब ५६ जना स्थानीय बासिन्दाहरुको स्वास्थ्य जाँच गरिएको  थियो।

अस्पतालका चिकित्सकहरुले पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्गमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरको डिजिज स्क्रिनिङ कार्यक्रमसमेत गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्