नेभिगेशन
नेपाल प्रहरी

बर्दियामा ६७ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा प्रशान्त पक्राउ

निरक बिक/ बर्दिया। बर्दियामा ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बारबर्दिया नगरपालिका-७ सिउनियाका ३२ वर्षीय प्रशान्त कार्कीलाई महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।

प्रशान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

बुधबार दिउँसो पक्राउ परेका प्रशान्तविरुद्ध बर्दिया जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान सुरु गरिएको बर्दिया प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्