नेभिगेशन
नेपाल प्रहरी

सिता कँडेल हत्या प्रकरणका फरार अभियुक्त ७ महिनापछि सीआईबीको नियन्त्रणमा

काठमाडौँ । लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेकी ४५ वर्षीया सिता कँडेलको हत्यामा संलग्न भएको आरोपमा फरार रहेका एक आरोपीलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको छ।

चितवनका साविक बछौली गाविस–१ हाल रत्ननगर नगरपालिका–६ बस्ने ४७ वर्षीय बुद्धिराम दराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट नियन्त्रणमा लिएको हो।

२०७८ चैत ३१ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी सिता कँडेलको हत्या प्रकरणमा जिल्ला अदालत लमजुङले २०८२ वैशाख १५ गते नै दराईविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो तर उनी सो समयदेखि फरार रहेका थिए।

सीआईबीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आवश्यक थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्