नेभिगेशन
नेपाल प्रहरी

१९ वर्षीया बालिका बलात्कार घटना: १५ वर्षका लागि जेल पठाइए मेगबहादुर

काठमाडौं ।१९ वर्षीया बालिकालाई बलात्कार  गरेर फरार रहेका ५७ वर्षीय प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जाको साविक पुतलीबजार नगरपालिका–८ घर भई  हाल सोही नगरपालिका–१४ पिपलडाली बस्ने ५७ वर्षीय मेगबहादुर  भुजेल रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

भुजेलले २०६९ भदौ २७ गते पुतलीबजार–१४ स्थित वनमा ती १९ वर्षीया बालिकामाथि बलात्कार  गरेको अभियोगमा जिल्ला अदालत स्याङ्जाले २०७३ मंसिर २३ गते १५ वर्ष कैद सजाय तोकेको थियो। सजाय सुनाइएसँगै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्