नेभिगेशन
सुरक्षा अपडेट

नेपालगन्जको कस्मेटिक गोदाममा भीषण आगलागी

नेपालगन्ज । नेपालगन्जको घरबारी टोलको कस्मेटिक गोदाममा भीषण आगलागी भएको छ।

नेपालगन्जको उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेका अकबर अलीले सञ्चालन गर्दै आएका ‘अजाज सप्लायर्स’ कस्मेटिक गोदाममा सोमबार साँझ भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका बाँकेका अनुसार आगो नियन्त्रणमा ल्याउन दुई वटा दमकल परिचालन गरिएको थियो।  दुईवटा दमकलसहित  सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा ल्याइएको थियो।

आगलागीको कारण भने खुल्न नसकेको र त्यससम्बन्धी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्