नेभिगेशन
सुरक्षा अपडेट

दाङको लमहीमा बस दुर्घटना ,२२ यात्रु घाइते, बस डडेलधुराबाट जाँदै थियो काठमाडौं

दाङ । दाङको लमहीमा बस दुर्घटना भएको छ। बस दुर्घटना २२जना यात्रु घाइते भएका छन् ।

जिल्लास्थित लमही नगरपालिका-१ कोडिया पुल नजिक डडेलधुराबाट काठमाडौं जाँदै  गरेको ना ८ ख ७४५५ नम्बरको बस आज  बिहान ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

दाङ प्रहरीका अनुसार दुर्घटनाका घाइतेहरू सबैको अवस्थामा सामान्य र  उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ।

आफ्नै रफ्तारमा रहेको बसको पट्टा भाँचिएपछि बस अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्