नेभिगेशन
नेपाल प्रहरी

हत्या अभियोगमा हरिराम र कृष्णबहादुर प्रहरीको नियन्त्रणमा

काठमाडौं । ६० वर्षीय पुरुषको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

कास्कीको पोखरा महागनरपालिका--१६ घर भएका ६० वर्षीय रमेश सुनारको हत्यामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-११ फूलबारी बस्ने धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ घर भएका ३२ वर्षीय हरिराम बुर्लाकोटी र पोखरा महानगरपालिका-१० बस्ने पाल्पाको रामपुर नगरपालिका-४ घर भएका ३८ वर्षीय कृष्ण बहादुर थापा भन्ने कृष्ण बहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो।

पोखरा महानगरपालिका-१२ स्थित ढिकालेथर शिव मन्दिर नजिकै रमेशको शव बिहीबार बिहान फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न मध्ये कृष्ण बहादुरलाई पोखरा महानगरपालिका-१० बाट र हरिरामलाई सोही महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । 

हत्या अभियोगमा पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप अनुमति लिएर  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कास्कीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्