नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक ठगी मुद्दामा २७ वर्षपछि पक्राउ परिन् ७० वर्षीया पक्राउ

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेकी प्रतिवादी कृष्ण कुमारी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–९ बस्ने ७० वर्षीया गुरुङ रहेकी छन् ।

जिल्ला अदालत स्याङ्जाले २०५५ साल जेठ २५ गते दिएको फैसलाअनुसार उक्त मुद्दामा उनीमाथि ९९ हजार १ सय ५० रुपैयाँ जरिवाना ठहर भएको थियो । फैसलापछि लामो समयदेखि फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी गुरुङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्