नेभिगेशन
नेपाल प्रहरी

पेस्तोलसहित १९ वर्षीय युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट एक युवकलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१  का १९ वर्षीय ओम बाबु प्रसाद यादव रहेका छन्। उनलाई शुक्रबार बिहान एक थान कटुवा पेस्तोलसहित पक्राउ गरिएको हो।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले बाराक्क कलैयाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख २७५ नम्बरको यात्रु बस चेकजाँच गर्ने क्रममा बसमा सवार यादवको साथबाट उक्त पेस्तोल फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्