नेभिगेशन
नेपाल प्रहरी

बर्दियामा प्रहरीले दियो विद्यार्थीलाई लागुऔषधसम्बन्धी सचेतना

बर्दिया । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा लागूऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका-५ स्थित लिटिल हेमन विद्यालयमा आयोजना गरिएको कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी तथा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो।

शुक्रबार सम्पन्न  कार्यक्रममा लागुऔषधको दुष्प्रभाव, यसको सामाजिक असर तथा यसबाट बच्ने उपायबारे जनचेतनामूलक शिक्षा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

विद्यार्थीहरूलाई लागुऔषध दुरुपयोगबाट टाढा रहन र समाजमा सकारात्मक भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रहरीको भनाइ छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्