नेभिगेशन
सुरक्षा अपडेट

२ सय मिटर तल खसेको जीपमा सवार एकजनाको मृत्यु,चालक गम्भीर घाइते

दार्चुला। मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार गए राति ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१००१ च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छ भने सोही जीपका चालक माधव महरा गम्भीर  घाइते भएका छन् ।

गम्भीर घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको छ । चालकसहित दुई जनामात्र सवार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्