नेभिगेशन
नेपाल प्रहरी

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी जानकीका गडरिया बाँके प्रहरीको नियन्त्रणमा

नेपालगञ्ज। सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

सवारी ज्यान मुद्दामा बाँके जिल्ला अदालतबाट ३ वर्ष ६ महिना कैद र ३७ हजार रुपैयाँ जरिवाना तोकिएका  बाँकेको जानकी गाउँपालिका–६, करातीपुरका कमल प्रसाद गडरियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अदालतको फैसलापछि फरार रहेका गडरियालाई खोजतलासको क्रममा आज पक्राउ गरी आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको छ।

बाँके प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्दै फरार अभियुक्तहरूलाई पक्राउ गर्ने कार्यलाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्