नेभिगेशन
नेपाल प्रहरी

शान्ति–सुरक्षामा सहकार्य: वडाध्यक्ष खड्काले मलवार प्रहरीलाई दिए ल्यापटप र फोटोकपी मेसिन

तुलसीपुर । तुलसीपुर उप–महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष शंकर कुमार खड्काले इलाका प्रहरी कार्यालय मलवारलाई ल्यापटप तथा फोटोकपी सहितको प्रिन्ट मेसिन सहयोग गरेका छन् ।

आफ्नै वडाभित्र अवस्थित प्रहरी कार्यालयको कार्यसम्पादनलाई प्रभावकारी बनाउन व्यक्तिगत रूपमा १ थान  ल्यापटप तथा फोटोकपी सहितको प्रिन्ट मेसिन  सहयोग गरिएको वडाध्यक्ष खड्काले बताए।

उनले स्थानीय स्तरमा शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सेवामा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि इलाका प्रहरी कार्यालय मलवारलाई आवश्यक सहयोग निरन्तर रूपमा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वडाध्यक्ष खड्काले वडाबाट संस्थागत रूपमा हुन सक्ने सहयोग पनि प्रहरी कार्यालयलाई गरिने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्