नेभिगेशन
नेपाल प्रहरी

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान प्रहरीको नियन्त्रणमा

काठमाडौं  । आफ्नै २१ वर्षीया श्रीमतीको हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार श्रीमती अनुष्का परियारको कुटपिट गरी हत्या गरेको आरोपमा गोरखाको पालुङटार नगरपालिका–३ बोगटीगाउँ बस्ने शंकर सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

शंकरले कुटपिट गर्दा अनुष्का गम्भीर घाइते भएको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

कुटपिटबाट घाइते भएकी अनुष्कालाई उपचारका लागि आँपपिपल अस्पताल, हर्मी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्