नेभिगेशन
सुरक्षा अपडेट

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

बैतडी । बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। सोमबार बिहान करिब साढे १० बजे जय पृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटना भएको हो।

सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार दुर्घटनामा मृत्यु भएका ३ जनाको हालसम्म सनाखत हुन सकेको छैन। जिपमा सवार अन्य सबै यात्रु घाइते भएका छन् भने घाइतेहरूको यकिन संख्या खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्