नेभिगेशन
नेपाल प्रहरी

जबरजस्ती करणी घटनामा दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले जबरजस्ती करणी घटनामा  दुई जनालाई पक्राउ गरेको छ।  स्याङ्जामा  एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिका–१ माटेथरका ५० वर्षीय सूर्यबहादुर रोकालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार रोकाले गत साउन २५ गते ३८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोप छ। पीडितले पुस २६ गते प्रहरीमा जाहेरी दिएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो। लुकिछिपी बस्दै आएका रोकालाई सोही दिन साँझ पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस्तै, म्याग्दी जिल्लाको मालिकामा पनि एक नाबालिकामाथि यौन दुव्र्यवहार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। मालिका गाउँपालिका–२ सालेका ५० वर्षीय फरम बिकलाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो।

१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको उजुरीपछि इलाका प्रहरी कार्यालय दर्बाङबाट खटिएको टोलीले बिकलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ। घटनासम्बन्धी थप विवरण संकलन तथा कानूनी प्रक्रिया अघि बढाउने काम भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्