नेभिगेशन
सुरक्षा अपडेट

सिमेन्ट बोकेको टिपर दुर्घटना,चालकको घटनास्थलमै मृत्यु

पाल्पा । पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लास्थित रिद्दिकोट गाउँपालिका–२ जोर्ते उकालोमा ना ८ ख ३६५ नम्बरको टिप्पर सडकबाट करिब २५० मिटर तल खस्दा चालकको मृत्री भएको प्रहरीले जानकारी दिएको छ।

नवलपरासीस्थित पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ जाँदै गरेको टिप्पर आज बिहान करिब साढे ४ बजे दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

दुर्घटनामा चालक केशव परियारको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। घटनापछि हाडथोक र अर्गली प्रहरी चौकीबाट खटिएको टोलीले उद्धार तथा घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्