नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकल दुर्घटनामा ३२ वर्षीय युवकको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका–५ तिकलपुर स्थित भित्री सडक खण्डमा रा ६ प ३१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका मोटरसाइकल चालक ३२ वर्षीय दीपेन्द्र रावलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका गए राति भएको  दुर्घटनाका गम्भीर घाइते भएका उनलाई सुरुमा लालरत्न अस्पताल लम्की लगिएको भएपनि त्यहाँ उपचार सम्भव नहुँदा टीकापुर अस्पतालमा लागिए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्