नेभिगेशन
सुरक्षा अपडेट

दाङको घोराही नजिक मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

जिल्लास्थित घोराही उपमहानगरपालिका–१६ घोराही बजार नजिक सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। 

मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका ७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र दाङको तुलसीपुर उपमहानगरपालिका १७ झिंगई बस्ने ३९ वर्षीय कमल ओली रहेको प्रहरीले जनाएको छ।

दाङ प्रहरीका अनुसार लु प्र ०२००१ प ११०२ नं को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको थियो।

दुर्घटनाका घाइतेहरुलाई आज बिहान उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिए पनि चिकित्सक मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।

यता प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्