नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बेलटाकुराकी ६० वर्षीया महिलाको मृत्यु

दाङ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते तुलसीपुरकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । ठक्करबाट गम्भीर  घाइते भएकी  तुलसीपुर उपमहानगरपालिका– ११ बेलटाकुराकी ६० बर्षीया डम्मरकुमारी चन्दको उपचारका क्रममा बाँकेको नेपालगंजको नरसिंह होममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार घाइते चन्दको मृत्यु भएको हो

पैदलयात्री चन्दलाई माघ २७ गते बेलुकी ७ बजेतिर कटाँहबाट वेल्टाकुरातर्फ जादै गरेको लुप्र०२–००२ प १९५७ नम्बरको मोटरसाइकले ठक्कर दिएको थियो ।

टाउको दुवै हात खुट्टा र छातिमा गम्भीर चोट पटक खेपेकी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्रारम्भीक उपचार पछि थप उपचारका लागि केही बेरमै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा रिफर गरिएको थियो ।

चन्दको त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारका लागि सोही दिन राति नरसिङ होम नेपालगंजका लागि रिफर गरिएको थियो । चन्दको उपचारका क्रममा दोस्रो दिन राति मृत्यु भएको थियो ।

त्यो दुर्घटनामा परि मोटरसाइकल चालक दंगीशरण गाउँपालिका – ७ बुटनियाका २१ बर्षीय सन्तराम चौधरीपनि घाइते छन् । प्रहरीका अनुसार उनको पनि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार जारी छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्