नेभिगेशन
ट्राफिक प्रहरी

ट्राफिक प्रहरीका दुई जना इन्स्पेक्टरको जिम्मेवारी हेरफेर

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापन सम्हाल्दै आएको कार्यालयअन्तर्गत कार्यरत दुई जना ट्राफिक इन्स्पेक्टरको जिम्मेवारी परिवर्तन गरिएको छ।

हाल ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कको नेतृत्व सम्हालिरहेका इन्स्पेक्टर शेखर शाहलाई जनसेवा प्रभागमा सरुवा गरिएको छ। त्यस्तै, जनसेवा प्रभागमा कार्यरत इन्स्पेक्टर अनुप अधिकारीलाई नयाँ बसपार्क प्रभागमा काज सरुवा गर्दै जिम्मेवारी दिइएको छ।

प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार गरिएको यो हेरफेरसँगै दुवै इन्स्पेक्टरले नयाँ कार्यस्थलमा प्रभाग इन्चार्जको भूमिका निर्वाह गर्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्