नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको लागुऔषधविरुद्धको कारबाही: दाङसहितका स्थानबाट ९ जना कारोबारी पक्राउ

काठमाडौं । लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले ९ जना कारोबरीलाई पक्राउ गरेको छ।दाङ, लमही नगरपालिका–४ शान्तिनगरका २० वर्षीय गुलाम हुसेनलाई १ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उनको घर तलासीका क्रममा उक्त पदार्थ फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मोरङ, विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट भारत, बिहार अररिया फारबिसगंज–२५ घर भएका २५ वर्षीय बिपुल वर्मालाई १ सय ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय विराटनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सुनसरी, धरान उपमहानगरपालिका–१६ बाट २२ वर्षीय आयुष गुरुङलाई ट्रामाडोल ३ सय ट्याब्लेट र डिकोलिक ३ सय ट्याब्लेटसहित पक्राउ गरिएको छ। अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तनहुँ, शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट ३१ वर्षीय सागर गुरुङलाई डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुलसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

इलाम नगरपालिका–८ मा डेरा गरी बस्ने माई नगरपालिका–५ घर भएका २० वर्षीय बिबेक लिम्बु सहित ४ जनालाई २ सय ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले कोठा तलासीका क्रममा उक्त पदार्थ फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चितवन, खैरहनी नगरपालिका–१३ का २४ वर्षीय करन मर्दनियालाई ट्रामाडोल ३ सय २२ ट्याब्लेट र एनारगन ३ सय ३० ट्याब्लेटसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध बरामद गरेको प्रहरी प्रधान कार्यालयलेजानकारी दिएको छ।

पक्राउ परेकाहरुविरुद्ध सम्बन्धित प्रहरी कार्यालयले  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्